प्रिय श्रोता,शुभेच्छुक तथा संसारभर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
रेडियो हिमालय,नेपाल बाट प्रसारण हुने गैरनाफामुलक सामुदायीक अनलाइन रेडियो सेवा हो। बिदेशमा बस्ने नेपालीहरुको सामुहिक प्रयास र योगदानमा सन् २०१४ देखि सुरु भएको यो रेडियो हेल्प द चिल्ड्रेन नामको सामाजिक संस्थाले संचालन तथा ब्यबस्थापन गर्दछ। हाम्रो प्रसारण नेपालको भौगोलिक सिमाना भन्दा बाहिर बस्ने नेपाली तथा नेपाली भाषीहरुलाई मातृभूमि संग जोड्ने सम्बन्ध सेतुको रुपमा क्रियाशील छ। सिमाना र भूगोल भन्दा धेरै टाढा बाँची रहेको भावनाको देशलाइ खोज्नु ,बुझ्नु र सम्मान गर्नुनै रेडियो हिमालयको मूल मर्म हो। हामीले, परदेशमा बस्ने नेपालीहरुको मन भित्रको नेपाल लाई जीवन्त राख्न, सामाजिक तथा मानवीय कार्यहरुको प्रचार गर्न, नेपाली भाषा,साहित्य,संगीत र संस्कृतिलाइ विश्वव्यापीकरण गर्दै बिदेशमा जन्मेर हुर्कदै गरेका नयाँ पुस्तामा हस्तान्तरण गर्न विभिन्न प्रकारका रेडियो कार्यक्रमहरु उत्पादन तथा प्रसारण गरिरहेका छौ । यसका साथै, रेडियो संचालन बाट संकलन भएको सहयोग रकम नेपालका सामुदायीक बिद्यालयहरुमा अध्यनरत गरिब तथा जेहन्दार बिद्यार्थीहरुको शिक्षामा सहयोग गर्दै आइरहेका छौ। रेडियो प्रसारण मार्फत सुरु गरिएको '' भावनाको देश खोज्ने '' हाम्रो अभियानलाई सहयोग गर्नुहुने सबै प्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा राखेका छौ। आगामी दिनमा रेडियो प्रसारणलाई प्रबिधि मैत्री बनाउदै अझै गुणस्तरीय रेडियो कार्यक्रमहरु प्रस्तुत गर्ने प्रतिबध्ता ब्यक्त गर्दछौ । हार्दिक धन्यबाद सहित !
बुद्धि बिश्वकर्मा
कार्यकारी निर्देशक रेडियो हिमालय, काठमाडौँ